Nepal Life

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स सहयोग

NMB Bank
  • BFIS News
  • 2025 Jun 16 16:24
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स सहयोग
United Ajod

रसुवा।  रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई आधुनिक एम्बुलेन्स प्रदान गरेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिनले सोमबार उत्तरगया गाउँपालिका–५ स्थित खाल्टेबगरमा आयोजित कार्यक्रममा एम्बुलेन्सको चाबी गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन्।

आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त एम्बुलेन्स गाउँपालिकाअन्तर्गत रहेको स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेछ। कम्पनीका अनुसार दुर्घटना, विपद्, सुत्केरी तथा अन्य गम्भीर स्वास्थ्य समस्यामा परेका आयोजना प्रभावित स्थानीयवासीलाई तत्काल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स सहयोग गरिएको हो।

यसअघि कम्पनीले आयोजनाबाट प्रभावित अर्को स्थानीय तह आमाछोदिङमो गाउँपालिकालाई पनि एम्बुलेन्स सहयोग गरेको थियो, जुन हाल गाउँपालिका–१ हाकुमा रहेको हाकु हेल्थ पोस्टमार्फत सञ्चालनमा छ।

स्थानीय सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वासका साथ प्रदान गरिएको एम्बुलेन्सले ग्रामीण क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया