Nepal Life

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद असार १२ गतेसम्म

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 08:22
छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद असार १२ गतेसम्म
United Ajod

काठमाडौं, असार ३।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद आउँदो असार १२ गतेसम्म रहेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ। सो सेयरको अंकित मूल्य प्रतिकित्ता रु. १०० तोकिएको छ, जसअनुसार कुल ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरिएको हो।

यस हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक शेयरधनीहरूले ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल काठमाडौं, तथा ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट आस्वा सेवामेरो सेयर पोर्टलमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल छ्याङ्दी हाइड्रोपावरको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपश्चात कम्पनीको पूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया