मोदी इनर्जीले असार १९ मा विशेष साधारण सभा बोलायो, १००% हकप्रद सेयर प्रस्ताव पेश हुने
- BFIS News
- 2025 Jun 17 11:31
काठमाडौं। मोदी इनर्जी लिमिटेडले आगामी असार १९ गते विशेष साधारण सभा आह्वान गरेको छ। सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ।
सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, एक जना सञ्चालक नियुक्त गर्ने एजेन्डा पनि सभामा राखिनेछ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, असार ११ गतेसम्म नाममा दर्ता भएका सेयरधनीहरूले सभामा भाग लिन सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया