Nepal Life

६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 12:17
६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो
United Ajod

म्याग्दी।  अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङको लेकगाउँमा निर्माण भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

Shikhar
Nepal Life
NIMB

ह्युम कन्सल्ट प्रालिको प्रवर्द्धनमा निर्माण सम्पन्न उक्त आयोजना आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरिएको हो। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार विद्युतगृहमा जडान गरिएका मेसिन तथा उपकरणको परीक्षणपछि कालीगण्डकी करिडोरअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोडिएको हो।

नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास बोर्डका प्राविधिक तथा ठेकेदार कम्पनीका विशेषज्ञको उपस्थितिमा परीक्षण गरिएको थियो। आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिन परीक्षण अवधिमा रहनेछ। कुनै प्राविधिक समस्या नदेखिएपछि व्यावसायिक उत्पादन सुरु गरिने आयोजनाले जनाएको छ।

२०७७ सालमा नारच्याङको बेँसीगाउँबाट पहुँचमार्ग निर्माण सुरु गरी २०७९ सालदेखि आयोजना निर्माणमा जुटिएको थियो। आयोजनाले नारच्याङको लेकगाउँसम्म १३ किलोमिटर लामो सडक निर्माण गरेर स्थानीयवासीलाई पनि यातायातको पहुँच पुर्‍याएको छ।

गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्‍याएकाले ढिलो गरी विद्युत् उत्पादन सुरु भएको जनाइएको छ। दुईवटा टर्बाइन जडान गरेर पानीको उच्चचाप (हेड) ५१० मिटरबाट ३५०० मिटर लामो पेनस्टक पाइपमार्फत पानी ल्याएर उत्पादन सुरु गरिएको हो।

हरिस्वाँरास्थित विद्युतगृहबाट दाना सबस्टेशनसम्म ३३ केभी क्षमताको ४.३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ।

आयोजनामा कुल लागत १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। निर्माणको ठेक्का सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इन्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ भारतको फेलोभेल इनर्जी प्रालिले लिएका थिए।

अक्करे भिर र अन्य कठिन भौगोलिक चुनौती पार गर्दै आयोजना सम्पन्न गरिएको जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी दिए। यसअघि नारच्याङ क्षेत्रमा ११० मेगावाट क्षमताको नीलगिरि–१, ५ मेगावाटको घलेम्दी खोला, र ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाहरू निर्माण भई राष्ट्रिय प्रसारणमा जोडिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया