Nepal Life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 13:01
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत बोनस सेयर प्रस्ताव पारित
United Ajod

काठमाडौं, असार ३। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सोमबार भव्यरूपमा सम्पन्न भएको छ। सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण बाबु लोहनीले सेयरधनीलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८१/८२ मा पनि उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Shikhar
Nepal Life
NIMB

सभाले संचालक समितिको आठौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८१ असार मसान्तको वित्तीय विवरणहरु (Statement of Financial Position, Cash Flow, Profit or Loss, अन्य समेकित विवरणहरू) नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्टान्डर्ड (NFRS) अनुसार छलफल गरी पारित भएका छन्।

सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को समेकित वित्तीय विवरण पनि छलफल गरी पारित भएको छ। कम्पनी ऐन, २०६३ अनुसार लेखापरीक्षक श्री सुजन काफ्ले एण्ड एसोसिएट्सलाई पुनः नियुक्ति गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

चुक्ता पुँजी रु. ४ अर्ब ६४ करोडको ०.६३ प्रतिशत बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर प्रयोजनका लागि स्वीकृति दिएको छ।

विशेष प्रस्तावहरुमा हालको चुक्ता पुँजीको १२ प्रतिशतले हुने बोनस सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ। बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी रु. ५ अर्ब १९ करोड ६८ लाख पुग्ने हुँदा कम्पनीको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

आवश्यक परेमा नियमनकारी निकायको निर्देशन अनुसार प्रवन्धपत्र परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएको छ।

उत्कृष्ट प्रतिफलको आश्वासन

सिईओ लोहनीले कम्पनी हरेक वर्ष बलियो हुँदै गएको उल्लेख गर्दै, आगामी वर्षमा पनि सेयरधनीलाई राम्रो लाभांश दिने प्रतिवद्धता जनाए। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिसकेको छ।

सभामा सहभागी अधिकांश सेयरधनीले कम्पनीको संचालन र व्यवस्थापनको खुलेर प्रशंसा गरेका थिए भने आगामी वर्षमा पनि डबल डिजिट लाभांश दिन आग्रह गरेका छन्। सिईओ लोहनी र सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले चालु आर्थिक वर्षको मुनाफाबाट पनि आकर्षक लाभांश दिने प्रतिवद्धता व्यक्त गरेका छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया