Nepal Life

मोबाइलको लतले बालबालिकाको विकासमा पार्न सक्छ यस्ता असर

NMB Bank
  • BFIS News
  • 2023 Sep 18 21:20
मोबाइलको लतले बालबालिकाको  विकासमा पार्न सक्छ यस्ता असर
United Ajod

काठमाडौं । बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ।

Shikhar
Nepal Life
NIMB

मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ।
आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ।

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु कस्तो खानेकुरा कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउंदैनन्। जसका कारण पोषण सम्बन्धित समस्या पाचन प्रणालीमा समस्या हुन सक्दछ।

खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग बोलेर खेलेर डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदै खुवाउनुपर्छ।

मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिदै जान सक्छ। साथै रिसाउने, रुने दोहोरो कुरा नगर्ने हुन सक्दछन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा  खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छन्।

सुत्नु भन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल बाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।

मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्‍याउँछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया