Nepal Life

नेपाल लाइफको व्यतित बीमालेखमा विशेष छुट पाउने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 07:29
नेपाल लाइफको व्यतित बीमालेखमा विशेष छुट पाउने आज अन्तिम दिन
United Ajod

काठमाडौं, असार ५ गते। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वर्ष प्रवेशको अवसरमा बीमालेख नविकरणमा लाग्ने विलम्ब शुल्कमा दिएको ५० प्रतिशत विशेष छुट आजसम्मका लागि मात्र लागू हुने भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले बीमा पोलिसी समयमै नवीकरण गराउन यो विशेष छुटको अफर ल्याएको हो। छुट पाउने यो सुवर्ण अवसर अब केही घण्टा मात्रै बाँकी रहेकोले, नेपाल लाइफले आफ्ना बीमितहरूलाई आजै नविकरण गरी लाभ उठाउन आग्रह गरेको छ।

कम्पनीले पहिलो चरणमा देखिएको अत्यधिक आकर्षणलाई मध्यनजर गर्दै छुट अवधि आजसम्मका लागि थप गरेको थियो। यस अवधिमा आफ्नो बीमालेख नविकरण नगर्न भ्याएका बीमितले अब अझ ढिला नगरी आजै नविकरण गरिसक्नुपर्नेछ।

यदि आजसम्म नविकरण गरिएन भने, भोलिदेखि नवीकरण गर्दा कम्पनीको नियम अनुसार पूरा विलम्ब शुल्क (व्याज तथा हर्जाना) बुझाउनु पर्नेछ। समयमै बीमा शुल्क नतिरी बीमालेख व्यतित भएमा त्यो पोलिसी अमान्य हुने र त्यसबाट उत्पन्न हुने कुनै पनि जोखिम कम्पनीले व्यहोर्ने छैन।

यस्तो सुविधा नेपाल लाइफका जुनसुकै नजिकको शाखा कार्यालयमा सम्पर्क गरी लिनसकिनेछ। अनलाइनबाटै बीमा शुल्क भुक्तानी गर्न मिल्ने भएकाले कुनै झण्झट बेहोर्नु पर्ने छैन। नेपाल लाइफमा लाखौको संख्यामा बिमित छन्। नेपालको बीमा बजारमा ३० प्रतिशत हिस्सा ओगट्दै आएको नेपाल लाइफको यस्तो अफरले एकै पटक हजारौको संख्यामा बीमित लाभांवित हुने छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया