Nepal Life

जोशी हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 09:30
जोशी हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं, असार ५ गते । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड (JOSHI) को हकप्रद शेयर सुरक्षित गर्न सकिने आज अन्तिम दिन हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले असार ८ गते, आइतबार बुकक्लोज गर्ने घोषणा गरिसकेको छ। बुकक्लोज मितिपछि हकप्रद शेयरमा आवेदन दिन पाउने छैनन्।

कम्पनीको हकप्रद शेयरमा आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। कम्पनीले हालको चुक्ता पूँजीको ६५ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यस अनुसार, हाल कायम रहेका १० कित्ता शेयरका विरुद्ध ६.५ कित्ता नयाँ हकप्रद शेयर प्राप्त हुनेछन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबर हुनेछ।

हाल जोशी हाइड्रोपावरको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया