Nepal Life

सिम्रिक एयरले असार २५ गते साधारण सभा बोलाउँदै, प्रिमियममा आईपीओ र बोनस शेयर प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 12:12
सिम्रिक एयरले असार २५ गते साधारण सभा बोलाउँदै, प्रिमियममा आईपीओ र बोनस शेयर प्रस्ताव
United Ajod

काठमाडौं, असार ५ ।  सिम्रिक एयर लिमिटेडले आगामी असार २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा साँझ ५ बजेबाट सुरु हुने जनाएको छ।

Shikhar
Nepal Life
NIMB

सभामा कम्पनीले प्रिमियममा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ। त्यससँगै, कम्पनीले शेयरधनीहरूलाई बोनस शेयर वितरणसम्बन्धी प्रस्ताव पनि पेस गर्ने तयारी गरेको छ।

यसबाहेक, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची पनि सभामा प्रस्तुत गरिनेछ।

साधारण सभाले पारित गर्ने प्रस्तावहरूमार्फत कम्पनीले पूँजी वृद्धि तथा भविष्यका योजना कार्यान्वयनको तयारी गरिरहेको अनुमान गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया