Nepal Life

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले पायो आइपिओ निष्काशनको स्वीकृति, ५७ हजार ७५० जनाले मात्रै शेयर पाउने

NMB Bank
  • BFIS News
  • 2025 Jun 20 12:24
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले पायो आइपिओ निष्काशनको स्वीकृति, ५७ हजार ७५० जनाले मात्रै शेयर पाउने
United Ajod

काठमाडौं, असार ६। नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (IPO) निष्कासन प्रस्ताव स्वीकृत गरेको छ। अब कम्पनीले रु. १०० अंकित मूल्यमा जम्मा ५ लाख ७७ हजार ५ सय कित्ता सेयर जारी गर्नेछ, जसअनुसार कुल निष्कासन रकम रु. ५ करोड ७७ लाख हुने भएको छ। 

Shikhar
Nepal Life
NIMB

यस आईपीओ निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। यसैबीच, रेटिङ संस्था आइसीीआरए नेपालले स्वस्तिक लघुवित्तको इश्युअर रेटिङलाई [ICRANP-IR] B+@ बाट घटाएर [ICRANP-IR] B@ मा ल्याएको छ। यस रेटिङमा ‘Watch with Negative Implications’ को स्थिति यथावत् राखिएको छ। रेटिङले कम्पनीको समग्र क्रेडिट जोखिमबारे संकेत गर्दछ, तर यो कुनै विशेष ऋण साधनमा लागू हुँदैन।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड  सन् २०१८ अक्टोबरमा स्थापना भई सन् २०१९ मार्चदेखि मधेश प्रदेशमा सञ्चालनमा आएको ‘क’ वर्गको माइक्रोफाइनान्स संस्था हो, जसको मुख्य कार्यालय सिरहाको लहानमा रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले करिब रु. १३.८ लाखको खुद नोक्सानी बेहोरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १३८% ले बढेको हो। सो वर्षको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति रु. ६१३ मिलियन रहेको थियो। आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा कम्पनीले थप रु. ३० हजारको नोक्सानी व्यहोरेको छ भने सम्पत्ति रु. ७०३ मिलियन पुगेको छ।

२०७९ असोज मसान्तसम्म स्वस्तिक लघुवित्तको खराव कर्जा (NPL) ११.१५ प्रतिशत रहेको छ भने पूँजी पर्याप्तता अनुपात (CRAR) ८.९७% रहेको छ।

स्वस्तिक लघुवित्तले आईपीओ निष्कासनपछि सर्वसाधारणको सेयरधनी संरचना विस्तार गर्ने र पूँजी आधार सुदृढ गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया