Nepal Life

ओरियन्टल होटल्सले ४ वर्ष पछि घोषणा गर्यो लाभांश, ५.२६ प्रतिशत नगदमै सिमित

NMB Bank
  • BFIS News
  • 2023 Sep 19 07:52
ओरियन्टल होटल्सले ४ वर्ष पछि घोषणा गर्यो लाभांश, ५.२६ प्रतिशत नगदमै सिमित
United Ajod

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

Shikhar
Nepal Life
NIMB

होटलले असोज २५ गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ ९३ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ होटलले असोज १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। 

पछिल्लो समय होटल समुहको शेयरमा उछाल आयो । तर बजारमा उछाल आए अनुसार लगानीकर्ताले पाउने प्रतिफल भने ज्यादै न्युन रहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया