Nepal Life

घाम पावरले उर्जा क्षेत्रमा ग्लोबल क्लाइमेट पुरस्कार जित्यो

NMB Bank
  • BFIS News
  • 2025 Jun 23 11:29
घाम पावरले उर्जा क्षेत्रमा ग्लोबल क्लाइमेट पुरस्कार जित्यो
United Ajod

काठमाडौं। घाम पावरलाई सन् २०२५ को Keeling Curve Prize बाट सम्मानित गरिएको छ, जुन विश्वभरबाट जलवायु परिवर्तन विरुद्धका प्रभावशाली समाधानहरूलाई प्रदान गरिने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। घाम पावरले ग्रामीण समुदायहरू र उ‌द्योगहरुलाई स्वच्छ तथा वितरण आधारित सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै नेपालको जलवायु सहनशीलता निर्माणमा पुऱ्याएको योगदानका लागि यो पुरस्कार प्राप्त गरेको हो।

Shikhar
Nepal Life
NIMB

यो घोषणा केन्याको Nairobi मा आयोजना भएको TED Countdown Summit मा गरिएको थियो, जहाँ विश्वभरका नेताहरू र नवप्रवर्तनकर्ताहरूको सहभागितामा जलवायु परिवर्तनविरुद्धका नवीन तथा क्रान्तिकारी विचारहरूको आदान-प्रदान गरिएको थियो। घाम पावर Energy (ऊर्जा) श्रेणीमा विजेता घोषित भएको हो र सौर्य ऊर्जामार्फत नेपालका सेवाबाट बञ्चित क्षेत्रहरूमा भरपर्दो, सुलभ तथा स्वच्छ बिजुली पुऱ्याउने योजनाहरूलाई अझ विस्तार गर्नका लागि ५०,००० अमेरिकी डलर पुरस्कारस्वरूप प्रदान गरिएको हो।

२५ सयभन्दा बढी विश्वव्यापी आवेदनहरूमध्येबाट छानिँदा, घाम पावरले सौर्य प्रविधिलाई वित्तीय उपकरणहरूसँग संयोजन गरी आवश्यक व्यक्तिहरूलाई स्वच्छ उर्जा पहुँच दिने नवीन मोडेलका कारण विशेष पहिचान बनाएको थियो। ४,००० भन्दा बढी सफल परियोजनाहरू पूरा गरिसकेको घाम पावरले व्यवसायहरूलाई मात्र होइन, खाद्य प्रणाली, स्वास्थ्य सेवा र जलवायु सहनशीलता बलियो बनाउन समेत महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ।

यो सफलता नेपालको स्वच्छ उर्जा यात्राको गर्वको उपलब्धि हो र घाम पावरले विश्वव्यापी रुपमा जलवायु सहनशीलता र दिगो समाधानहरूमा देखाएको नेतृत्वलाई उजागर गर्छ। जलवायु संकट बढ्‌दै जाँदा, घाम पावरले समुदाय-केन्द्रित र नवप्रवर्तनमा आधारित समाधानहरू ल्याउँदै नेपालको कार्बन न्यूनीकरण र दिगो भविष्यतर्फको यात्रामा निरन्तर योगदान पुऱ्याउँदै जाने प्रतिबद्धता गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया