Nepal Life

प्रभु इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, १८ प्रतिशत बोनस शेयर वितरण पश्चात एक अर्ब ७० करोड पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Jun 23 11:48
प्रभु इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, १८ प्रतिशत बोनस शेयर वितरण पश्चात एक अर्ब ७० करोड पुग्ने
United Ajod

काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनीले बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीले चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। 

Shikhar
Nepal Life
NIMB

यसका साथै इन्स्योरेन्सको बोनस शेयरको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ। असार ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा बोनस शेयर वितरण गरिनेछ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४४ करोड रहेको छ।  बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी एक अर्ब ७० करोड पुग्नेछ। कम्पनीलाई साढे दुई अर्ब पूर्याउन अझै ८० करोड अर्थात ४७ प्रतिशत आवश्यक पर्नेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया