Nepal Life

५ महानगरले तोकिएको समयमा बजेट प्रस्तुत गर्दा काठमाडौँ महानगरको भने रोकियो

NMB Bank
  • BFIS News
  • 2025 Jun 25 09:22
५ महानगरले तोकिएको समयमा बजेट प्रस्तुत गर्दा काठमाडौँ महानगरको भने रोकियो
United Ajod

काठमाडौं। संविधान र कानुनी प्रावधानअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।

Shikhar
Nepal Life
NIMB

सोहीअनुसार मंगलबार देशभरका अधिकांश स्थानीय तहले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन्। केही स्थानीय तहले भने समयअघि नै बजेट पेश गरेका थिए।

देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरले तोकिएको मितिमा बजेट सार्वजनिक गरेका छन्। तर, संघीय राजधानी काठमाडौं महानगरपालिकाले भने आन्तरिक विवादका कारणले बजेट तोकिएको समयमा प्रस्तुत गर्न सकेन।

काठमाडौं महानगरको नगरसभा लामो समयदेखि बस्न नसकेको अवस्था छ। त्यसका कारण नीति, कार्यक्रम र बजेटमाथि छलफल हुन सकेको छैन। महानगरपालिकाको तर्फबाट यसबारेमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन।

संघीय सरकारले काठमाडौं महानगरका लागि खटाएको प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहबीच असमझदारी रहेको आशंका गरिएको छ। यसले पनि बजेट रोकिनुको कारण भएको अनुमान गरिएको छ।

काठमाडौं महानगरपालिका संघीय सरकारका केही मन्त्रालयभन्दा ठूलो बजेटको जिम्मेवारी लिने निकाय भएकाले त्यसको बजेटप्रति आम जनताको चासो रहँदै आएको छ।

यस्तै, देशका अन्य केही स्थानीय तहमा समेत नीति तथा कार्यक्रम र बजेट समयमै प्रस्तुत हुन सकेका छैनन्, जसको पछाडि आन्तरिक विवाददेखि प्राविधिक समस्या लगायतका कारण देखाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया