Nepal Life

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ ग्रहण 

NMB Bank
  • BFIS News
  • 2025 Jun 25 11:39
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ ग्रहण 
United Ajod

काठमाडौं, असार ११ गते। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा प्रेमा राज्य लक्ष्मी सिंहले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझावाट बीमा ऐन २०७९ को दफा ४७ (६) अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

Shikhar
Nepal Life
NIMB

शपथ ग्रहण कार्यक्रम एक औपचारिक समारोहका बीच सम्पन्न भएको हो। हालै सम्पन्न कम्पनीको ३७ औं वार्षिक साधारण सभाबाट मिति २०८२/०३/०५ मा संचालक समितिको पुनःगठन भई सिंहलाई सर्वसम्मतिले पुनः अध्यक्ष पदमा निर्वाचित गरिएको हो।

कार्यक्रमका अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले पुनःनिर्वाचित अध्यक्ष सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

शपथ ग्रहणपछि अध्यक्ष सिंहले नेपाल बीमा प्राधिकरणका अध्यक्षसहित सम्पूर्ण टिमप्रति आफ्नो र कम्पनीको संचालक समितिको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद दिइन्।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति रहेको थियो।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ ग्रहण 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया