Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभाबाट ८ प्रतिशत नगद लाभांश पारित

NMB Bank
  • BFIS News
  • 2025 Jun 25 18:08
हिमालयन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभाबाट ८ प्रतिशत नगद लाभांश पारित
United Ajod

काठमाडौं, असार ११ गते। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८ औं वार्षिक साधारण सभा आज मंगलवार सम्पन्न भएको छ। सभाले आ.व. २०८०/८१ को वित्तीय वर्षको संञ्चित मुनाफाबाट चुक्ता पूँजी रु. ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ मा ८ प्रतिशतका दरले हुने रु. ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ ४८ पैसा (लाभांशमा लाग्ने करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Shikhar
Nepal Life
NIMB

साथै, सभाले सञ्चालक समितिको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि स्वीकृत गरेको छ।

यसै अवसरमा कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरिएको छ। साथै, सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ का लागि लेखापरीक्षकको रूपमा एस.सी. लाल एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरिएको छ।

सभा मार्फत कम्पनीका प्रस्तावित विषयहरूमा नियामक निकायहरूले कुनै संशोधन, परिमार्जन वा निर्देशन दिएमा सो अनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ। साथै कम्पनी ऐनको दफा १०५ को (१)(ग) अनुसार आ.व. २०८०/८१ मा भएको खर्चको पनि अनुमोदन गरिएको छ।

सभामा सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। कार्यक्रममा सञ्चालक प्रमिला के.सी.ले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरे। प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरूबाट उठेका प्रश्नहरूको जवाफ दिएका थिए। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया