Nepal Life

सिवाईसी नेपाल लघुवित्तको ऋणी सदस्यहरूका लागि विशेष व्यवस्था : व्याज छुट तथा पुनर्कर्जा सुविधा

NMB Bank
  • BFIS News
  • 2025 Jun 26 10:44
सिवाईसी नेपाल लघुवित्तको ऋणी सदस्यहरूका लागि विशेष व्यवस्था : व्याज छुट तथा पुनर्कर्जा सुविधा
United Ajod

काठमाडौं। राष्ट्रिय स्तरको लघुवित्त संस्था सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हालको आर्थिक मन्दी र विगतको कोभिड महामारीले सिर्जित विषम परिस्थिति सम्हाल्न नसकेका आफ्ना ऋणी सदस्यहरूलाई लक्षित गर्दै विशेष आर्थिक सहुलियतको व्यवस्था सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

नेपालका ७७ वटै जिल्लामा १२४ वटा शाखा सञ्जालमार्फत सेवा दिइरहेको संस्थाले आफ्नो ऋणी सदस्यहरूलाई राहत प्रदान गर्नका लागि पुनर्संरचना तथा पुनतिलिकीकरणका लागि यहि २०८२ आषाढ मसान्तसम्म भाका नाघेका कर्जाहरूको एकमुष्ठ भुक्तानी गरेमा हालसम्मको पाकेको व्याजमा अधिकतम ५०% सम्म छुट दिने निर्णय गरेको हो। यसका लागि सम्बन्धित स्थानीय निकायको सिफारिस तथा शाखा कार्यालयको राय आवश्यक पर्नेछ।

त्यस्तै, आर्थिक कारणले आफ्ना परियोजना सञ्चालन गर्न नसकेका सदस्यहरूलाई सहुलियतपूर्ण व्याजदरमा पुनः कर्जा (Re-loan) प्रदान गरिनेछ। यस सुविधाबाट लाभ उठाउन इच्छुक सदस्यहरूले आफु आबद्ध शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

संस्थामा आवद्ध सदस्यहरुले पालना गर्नुपर्ने कार्यहरुः

१) सकभर एके संस्थाबाट मात्र कर्जा उपभोग गर्ने।

२) जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने तथा उक्त परियोजनाबाट भएको नगद प्रवाहबाट नियमित रुपमा किस्ता तिर्ने ।

३) आफुले आफ्नो नाममा कर्जा लिई अन्य व्यक्तिलाई कर्जा चलाउन नदिने ।

४) लिएको कर्जालाई उत्पादनशील तथा आय आर्जन हुने क्षेत्रमा मात्र लगाई फजुल खर्च नगर्ने ।

५) घरेलु लघुउद्यममा लगानी गर्दा, सोको लागत तथा प्रतिफलको विश्लेषण गर्ने।

६) समूह गठन गर्दा, नचिनेको, नजानेको व्यक्तिलाई समावेश गरी समूह गठन नगर्ने तथा त्यस्ता व्यक्तिलाई सामुहिक जमानी दिनुपूर्व राम्ररी विश्लेषण गर्ने ।

७) पशुपालन तथा खेतीपातीका लागि कर्जा लिंदा आफुले सञ्चालन गरेको परियोजना, पशुधन तथा वालीको समेत बीमा गर्ने।

८) संस्थाबाट कर्जा उपभोग गरेका तथा आफु आवद्ध समूहबाट कर्जा लिएका सदस्यहरुले लिएको कर्जाका लागि जमानी दिएका सदस्यहरुले त्यस्ता ऋणीहरुले कर्जा रकम सदुपयोग गरे, नगरेको सम्बन्धमा नियमित निगरानी गर्ने तथा सचेत गराउने ।

९) संस्थाका कर्मचारीहरुसँग जुनसुके आर्थिक कारोबार गर्दा पनि रकम बुझाएको रसिद अनिवार्य रुपमा लिने ।

१०) नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन विपरित संस्थाले कुने कार्य गरेको वा अनावश्यक शुल्कहरु लिएको वा माग गरेमा प्रमाण सहित अविलम्व संस्थाको सूचना अधिकारी वा प्रमुख कार्यकारी अधिकृत वा नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाई इकाईमा गुनासो गर्ने।

सिवाईसी नेपालले लिएको यो कदम आफ्ना सदस्यहरूलाई आर्थिक पुनरुत्थानको मार्गतर्फ डोर्याउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया