Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको नबिकेका हकप्रद सेयर असार २३ गतेदेखि लिलामीमा

NMB Bank
  • BFIS News
  • 2025 Jun 29 14:27
सन नेपाल लाइफ इन्स्योरेन्सको नबिकेका हकप्रद सेयर असार २३ गतेदेखि लिलामीमा
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एसएनएलआई) ले नबिकेका हकप्रद सेयरहरू लिलामीमा ल्याउने घोषणा गरेको छ। कम्पनीले ८०,२२२ कित्ता प्रवर्धक सेयर र १,४४,५०६ कित्ता साधारण सेयर असार २३ गतेदेखि ३० गतेसम्म सिलबन्दी बोलपत्रमार्फत लिलामीमा बिक्री गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि कम्पनीले ३० वैशाखदेखि ३ असारसम्म १ः०.२७ अनुपातमा कुल १,०६,९६,३२० कित्ता हकप्रद सेयर जारी गरेको थियो। तर तीमध्ये केही सेयर निष्कासनपछि बाँकी रहेका थिए। धितोपत्र दर्ता तथा निर्गम विनियमावली, २०७३ को निर्देशन नं. २१ बमोजिम कम्पनीले उक्त बाँकी सेयरहरू लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।

लिलामीमा सहभागी हुन इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूले तोकिएको अवधिमा सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। प्रति कित्ता न्यूनतम बोलकबोल दर रू. १०० तोकिएको छ।

प्रवर्धक सेयरको हकमा न्यूनतम १,००० कित्ता आवेदन दिनुपर्नेछ भने साधारण सेयरको हकमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ। प्रवर्धक सेयरमा अधिकतम ८०,२२२ कित्तासम्म र साधारण सेयरमा अधिकतम १,४४,५०६ कित्तासम्म आवेदन दिन सकिनेछ। तर बीमा समितिले तोकेको व्यक्तिगत सीमा अनुसार मात्र आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया