Nepal Life

कर्मचारी सञ्चय कोषद्वारा कोष तथा योगदान रकमको फाँटवारी पठाउन आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Jun 29 18:37
कर्मचारी सञ्चय कोषद्वारा कोष तथा योगदान रकमको फाँटवारी पठाउन आग्रह
United Ajod

काठमाडौं, असार १५। कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ को वार्षिक हिसाब मिलाउने प्रक्रिया सुरु भएको जानकारी दिँदै कोष तथा योगदानमूलक निवृत्तभरण कोषको लेजर तयारीका लागि आवश्यक विवरण समयमै पठाउन आग्रह गरेको छ।

Shikhar
Nepal Life
NIMB

कोष व्यवस्थापन विभाग, त्रिदेवी मार्ग, ठमेलबाट जारी सूचनामा सम्पूर्ण सञ्चयकर्ता तथा योगदानकर्ता कार्यालयहरूलाई २०८२ सालको असार महिनासम्मको कोष/सापटी कट्टी तथा निवृत्तभरण योगदान रकममध्ये फाँटवारी बाँकी रहेको विवरण अनिवार्य रूपमा डिजिटल माध्यमबाट असार २५ गतेभित्रै कोषको प्रणालीमा प्राप्त हुने गरी पठाउन अनुरोध गरिएको छ।

त्यस्तै, सञ्चयकर्ताहरूले कोषबाट लिएको कुनै पनि ऋण तथा सापटी रकम भुक्तानी गर्दा CONNECT IPS, BANK CENTRAL वा MOBILE BANKING सेवा प्रयोग गरी असार २५ गतेभित्र नै भुक्तानी गर्न पनि अनुरोध गरिएको छ।

कोषले तोकिएको समयसीमाभित्र विवरण तथा रकम नपठाएमा आगामी हिसाब मिलान, लेखा परीक्षण तथा अन्य कार्यमा असर पर्न सक्ने भएकाले समयमै आवश्यक विवरण र भुक्तानी पठाउन कार्यालयहरू र सञ्चयकर्ताहरूलाई पुनः आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया