Nepal Life

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन

NMB Bank
  • BFIS News
  • 2025 Jun 30 11:13
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन
United Ajod

काठमाडौं, असार १६ गते। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Shikhar
Nepal Life
NIMB

नेप्सेले यस दिन इन्स्योरेन्सकाे १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ८२५ रुपैयाँ ७८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम शेयरमूल्य ९०८ रुपैयाँ ३६ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ। इन्स्योरेन्सले असार ३० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वासधारण शेयरधनीतर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया