Nepal Life

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2025 Jul 01 13:20
गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं। गुडविल फाइनान्स लिमिटेडले एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीका एक संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न लागिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरूलाई आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थापक सेयरधनीहरूले आज असार १७ गतेदेखि सुरु हुने आवेदन अवधिमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंमा आवश्यक विवरणसहित निवेदन दिनुपर्नेछ। सेयरको मूल्य भने बिक्रेताले निर्धारण गरेअनुसार हुने कम्पनीले जनाएको छ।

यदि तोकिएको अवधिमा संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने पनि कम्पनीको सूचनामा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया