Nepal Life

शेयर बजारले गति लिन थाल्यो: सूचक सँगै कारोबारमा सुधार, बीमामा हौसिए लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2025 Jul 02 15:21
शेयर बजारले गति लिन थाल्यो: सूचक सँगै कारोबारमा सुधार, बीमामा हौसिए लगानीकर्ता
United Ajod

काठमाडौं। शेयर बजारले क्रमिक रुपमा सुधारको गति पक्रिन थालेको छ। क्लोजिङको मुखमा पनि संयमित बजारमा एक सातादेखि लगातार सुधार भइरहेको छ। यसै क्रममा बुधबार पनि नेप्से सूचक ३४.६० अंकले बढेर २६९५ अंक पुगेको छ। कारोबार रकम पनि ९ अर्ब ७४ करोडको भएको छ। 

Shikhar
Nepal Life
NIMB

क्लोजिङको मुखमा अझै घट्ने त्रासमा रहेका लगानीकर्तालाई बजारले त्राण भरिरहेको छ। लामो समयदेखि डिप्रेस बजारमा जलविद्युत कम्पनी मात्रै चलिरहेकोमा अहिले बीमा कम्पनीमा चार्मिङ बढेको छ। आज बीमा कम्पनीमा सर्वाधिक सुधार आउदा यस समुहको पोर्टफेलियोमा व्यापक सुधार आएको छ। पूँजी जुटाए सँगै डिप्रेस बीमा क्षेत्रका कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा रहदै आएको छ। यसले गर्दा पनि सस्तो मूल्यका बीमा क्षेत्रमा आकर्षण बढेको हो। 

दिपेन्द्र अग्रवाल समुहले लो क्यापका विकास बैंक र हाइड्रोपावर उचाल्ने क्रम रोकिएको छैन। यस समुहले फाइनान्सबाट हात झिकेका कारण अहिले पनि बढ्न सकेको छैन । एनआरएन, साहस उर्जा, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा धेरै कारोबार भइरहेको छ। ग्रिन डेभलपमेन्ट, खानी खोला, नेपाल इन्स्योरेन्स, गुराँस लघुवित्तको शेयर सर्किट तहमा बृद्धि भएको छ। 

राष्ट्र बैंक मौद्रिक समिक्षामा जुटिरहेको छ। नीतिगत रुपमा खुकुलो पार्ने रणनीतिमा रहेका गभर्नरले यस अगाडी नै केहि नीतिगत सुधारका लक्षण देखाइसकेका छन्। उनले आगामी आर्थिक वर्षको मौद्रिक समिक्षामा अझ धेरै व्यापक सुधार ल्याउने लक्षण देखिइसकेको छ। 

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले लिएका कडा नीतिलाई उल्टाइरहेका पौडेलले आगामी दिनमा अझै हटाउदै जाने लक्षण देखाइसकेका छन्। यसका अतिरिक्त बैंकमा प्रयाप्त तरलता छ। अझै पनि बैंकबाट कर्जा प्रवाह बढ्ने संकेत छैन। अर्को तर्फ बैंक व्याजदर दशक यताकै कम विन्दुमा झर्दैछ। बजारलाई तरलता, व्याजदरले साथ दिइरहेको भए पनि ठुला लगानीकर्ताको कन्फिडेन्स नबढ्न नसक्दा बजारले गति लिइरहेको थिएन। अहिले पनि लगानीकर्ता बैंक वित्तीय संस्थालाई शेयर कारोबार गर्ने नीति खुकुलो पार्ने लविङ गरिरहेका छन्। 

सबै संकेत सकारात्मक, लगानीकर्ताका लागि अवसर

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार बजारमा क्लोजिङको ह्याङओभर क्रमिक रुपमा हट्दै गएकाले बजारका सुधार हुन थालेको हो। अर्को तर्फ सबै सूचकहरू सकारात्मक रहेकाले पनि बजारले गति लिन थालेको उनको विश्लेषण छ। “बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर घट्दो क्रममा छ, अबको समय भनेको राम्रो कम्पनीको शेयर छानी-छानी किन्न सकिने अवसर हो,” उनले भने।

साथै, साउन पहिलो सातादेखि सूचीकृत कम्पनीहरूले लेखापरीक्षण प्रतिवेदन प्रकाशित गर्न सुरु गर्ने भएकाले पनि अहिलेको लगानीले छिटो प्रतिफल दिने सम्भावना रहेको उनको भनाइ छ।

आगामी वर्षमा कुन सेक्टर चम्किएला?

ढकालका अनुसार आगामी वर्ष बैंक तथा वित्तीय संस्थाहरूले बजारलाई मुख्यतः समर्थन गर्नेछन्। “कोभिडपछिको विग्रिएको बैंकको अवस्थामा अहिले क्रमिक रुफमा सुधार हुँदैछ, अहिले उनीहरू असुलीमा केन्द्रित छन् र शेयर मूल्य निकै तल्लो विन्दुमा छ,” उनले बताए।

उनले जलविद्युत् क्षेत्र, बीमा कम्पनीहरू र होटल–पर्यटन क्षेत्रलाई पनि आशाजनक क्षेत्रको रूपमा औंल्याएका छन्। “यदि बैंक वित्तीय संस्थाहरूले गति लिए भने अन्य क्षेत्रले पनि साथ दिनेछन् र बजारले नयाँ उचाइ लिनेछ,” ढकालको विश्लेषण छ।

अहिलेको बजारमा देखिएको दबाब असारमा क्लोजिङ व्यवस्थापनको एक स्वाभाविक प्रक्रिया भएकोले लगानीकर्ताहरूले दीर्घकालीन सोचका साथ अगाडी बढ्नु पर्ने विश्लेषकहरु बताउछन्। त्यसैले हालको अवस्थालाई अवसरका रूपमा लिनुपर्ने उनिहरुको सुझाव छ। मौद्रिक नीतिपछि बजारमा सुधार आउने अपेक्षा रहेको र त्यसले आगामी आर्थिक वर्षमा शेयर बजारमा नयाँ उचाइ दिन सक्ने विश्वास व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया