Nepal Life

युनाइटेड अजोड इन्स्याेरेन्सकाे सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य ५५६.६२ रुपैयाँमा कायम

NMB Bank
  • BFIS News
  • 2025 Jul 02 17:40
युनाइटेड अजोड इन्स्याेरेन्सकाे सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य ५५६.६२ रुपैयाँमा कायम
United Ajod

काठमाडौं, असार १८। युनाइटेड अजोड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर मूल्य समायोजन गरिएकाे छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीकाे बोनस सेयर वितरणको निर्णयलाई आधार मानेर मूल्य समायोजन गरेको हो।

Shikhar
Nepal Life
NIMB

बुधबारको अन्तिम कारोबार मूल्य ६१२.२८ रुपैयाँलाई आधार मान्दै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको प्रतिकित्ता सेयर मूल्य ५५६.६२ रुपैयाँ कायम गरिएको छ।

युनाइटेड अजोड इन्स्याेरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेप्सेले सेयर मूल्य समायोजन गरेको हो।

यस समायोजनपछि लगानीकर्ताले बोनस सेयर प्राप्त गर्नसाथ आफ्नो सेयर संख्या वृद्धि भए पनि कुल लगानी मूल्य समायोजित हुने भएको छ।

कम्पनीले बोनस सेयर वितरणका लागि नियामक निकाय बीमा प्राधिकरण र कम्पनी रजिष्टारको स्वीकृति प्रक्रियामा अगाडि बढाइरहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया