Nepal Life

नेपाल धितोपत्र बोर्डद्वारा बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति

NMB Bank
  • BFIS News
  • 2025 Jul 03 18:27
नेपाल धितोपत्र बोर्डद्वारा बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति
United Ajod

काठमाडौं, २०८२ असार १९। नेपाल धितोपत्र बोर्ड (SEBON) ले बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) का लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको छ। बोर्डले २०८२ साल असार १९ गते स्वीकृति दिएको हो।

Shikhar
Nepal Life
NIMB

यस आईपीओ अन्तर्गत कम्पनीले ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। प्रति कित्ता सेयरको निष्काशन मूल्य रू. ७०० तोकिएको छ।

उक्त निष्काशनमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्री तथा निष्काशन प्रबन्धकको रूपमा रहनेछ। सेयर निष्काशनको लागि कम्पनीले प्राप्त गरेको क्रेडिट रेटिङ "CARE-NP BB (IS)" रहेको छ, जुन केयर रेटिङ्ग्स नेपाल लिमिटेड द्वारा प्रदान गरिएको हो।

बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनीले पर्यटन प्रवर्द्धन तथा केवलकार सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको हो। आईपीओ निष्काशनपछि कम्पनीको पुँजी संरचना थप मजबुत हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया