Nepal Life

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 04 10:12
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने
United Ajod

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यसअनुसार, कम्पनीले हालका १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता (१०:३.४७८३ अनुपात) को दरले हकप्रद शेयर निष्कासन गर्नेछ। कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर प्रतिकित्ता रु १०० अंकित मूल्यमा जारी गरिनेछ, जसको कुल मूल्य रु ६५ करोड ७६ लाख ९६ हजार ७७६ हुनेछ।

हकप्रद शेयरको लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरेको थियो। यस आधारमा, जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। हकप्रद शेयरका लागि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले नेपाल इन्स्योरेन्सलाई IRN A- (सिंगल ए माइनस) रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा एनआईएमबि एस क्यापिटल लिमिटेड ले लिएको छ। शेयरधनीहरुले एनआईएमबिको केन्द्रीय तथा शाखा कार्यालय, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट, साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी रु १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी बढेर रु २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया