Nepal Life

मञ्जुश्री फाइनान्सद्वारा आरएम केडिया आँखा अस्पताललाई एसी सहयोग

NMB Bank
  • BFIS News
  • 2025 Jul 04 18:04
मञ्जुश्री फाइनान्सद्वारा आरएम केडिया आँखा अस्पताललाई एसी सहयोग
United Ajod

काठमाडौं। कर्पोरेट सामाजिक दायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बिरगंज शाखामार्फत R.M. केडिया आँखा अस्पताललाई दुई थान एयर कण्डिसन (AC) सहयोग स्वरूप हस्तान्तरण गरेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल नेत्र ज्योति संघको नेतृत्वमा सञ्चालित केडिया आँखा अस्पतालले विगत पाँच दशकदेखि सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। सुरुमा पाँच ओटा बेडबाट सेवा सुरु गरेको अस्पतालले हाल १७५ बेडमार्फत बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको छ।

प्रत्यक्षालयमा बस्ने बिरामी तथा कुरुवाहरूको सहजतालाई मध्यनजर राख्दै मञ्जुश्री फाइनान्सले उक्त सहयोग उपलब्ध गराएको हो।

समाजसेवामा सधैँ तत्पर मञ्जुश्री फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू आफ्ना शाखाहरूबाट सञ्चालन गर्दै आइरहेको छ। हालसम्म कम्पनीले रु २२ अर्बभन्दा बढी निक्षेप संकलन गरी करिब १८.२ अर्ब कर्जा प्रवाह गरिसकेको छ।

आकर्षक ब्याजदरमा निक्षेप तथा सुलभ कर्जासेवा प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्सले हाल देशभर २७ ओटा शाखा र १ ओटा विस्तारित काउन्टरमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गरिरहेको छ।

हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीमध्ये एक मानिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया