Nepal Life

धितोपत्र बोर्डमा सूचना प्रवाहसम्बन्धी परिपालना अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Jul 04 21:02
धितोपत्र बोर्डमा सूचना प्रवाहसम्बन्धी परिपालना अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं, असार २० — नेपाल धितोपत्र बोर्डको आयोजनामा सूचीकृत संगठित संस्थाका परिपालना अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रम “सूचीकृत संगठित संस्थाले प्रवाह गर्नुपर्ने सूचना, विवरण तथा जानकारी” विषयमा केन्द्रित थियो।

Shikhar
Nepal Life
NIMB

बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभागका विभागीय प्रमुख कार्यकारी निर्देशक डा. नवराज अधिकारीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक श्री तेज प्रसाद देवकोटाले प्रशिक्षणको उद्देश्य, आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए। 

कार्यक्रमको अध्यक्षता सुपरिवेक्षण विभागका विभागीय प्रमुख तथा कार्यवाहक कार्यकारी निर्देशक रुपेश के.सी.ले गरेका थिए। उनले सहभागीहरूलाई स्वागत गर्दै उद्घाटन सत्रको समापन गरे।

कार्यक्रममा बोर्डका निर्देशक हरि प्रसाद भुसालले परिपालना सम्बन्धी कानुनी व्यवस्थाबारे प्रस्तुती दिए भने निर्देशक अम्बिका ओझा गुप्ताले अनुपालना अवस्थासम्बन्धी चुनौती र समस्याहरूबारे आफ्नो प्रस्तुती राखेका थिए। 

प्रशिक्षण सत्रपछि सहभागीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसले परिपालना अधिकृतहरूबीच अनुभव आदानप्रदान र व्यावहारिक समस्याहरूको समाधान खोज्न सहयोग पुर्‍यायो।

कार्यक्रमको समापन मन्तव्य बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्रकारले दिएका थिए। कार्यक्रमको सञ्चालन निर्देशक अमिर थापाले गरेका थिए।

सूचीकृत विकास बैङ्क, फाइनान्स कम्पनी तथा लघुवित्त कम्पनीहरूका ७५ जना परिपालना अधिकृतहरूको सहभागिता रहेको यो प्रशिक्षण कार्यक्रमले नेपालको पूँजी बजारमा पारदर्शिता, जवाफदेहिता र नियमनको कार्यान्वयन सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया