Nepal Life

अमेरिकाको डिभी लोटरी भर्न अबदेखि पासपोर्ट नचाहिने नियम फेडरल रजिष्टरमा प्रकाशित

NMB Bank
  • BFIS News
  • 2022 Jun 13 09:13
अमेरिकाको डिभी लोटरी भर्न अबदेखि पासपोर्ट नचाहिने नियम फेडरल रजिष्टरमा प्रकाशित
United Ajod

अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट नचाहिने नियम फेडरल रजिष्टरमा प्रकाशित भएको छ । शुक्रबारदेखि नियम लागु हुनेगरी शुक्रबार नै फेडरल रजिष्टरमा यो नियम प्रकाशित भएपछि अब अर्कोपटक देखि डिभी लोटरी भर्दा पासपोर्ट नचाहिने भएको छ ।

Shikhar
Nepal Life
NIMB

सन् २०१९ को जुन ५ मा तत्कालिन ट्रम्प प्रशासनले डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य अन्तरिम अन्तिम नियम ल्याएको थियो । तर गत फरबरी ४ मा अदालतले ट्रम्पकालिन नियम खारेज गरिदिएको थियो । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाका न्यायाधिस टिमोथी केलीले यो नियम प्रकृया मिचेर ल्याइएको भन्दै खारेज गर्ने फैसला गरेका थिए । केलीलाई तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए ।

सोही फैसलाको कार्यान्वउन गर्दै अमेरिकी सरकारको विदेश मन्त्रालयले पासपोर्ट नचाहिने अन्तिम नियम ल्याएको हो । डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियमले पासपोर्ट नभएकाहरुम अनावश्यक भार थोपरेको थियो भने डिभी भर्नकै लागिमात्र पासपोर्ट बनाउने बाध्यता समेत श्रृजना गरेको थियो ।

नियम लागु गर्नुभन्दा अगाडि नियम लागु हुने मितिले कम्तीमा ३० दिन अगाडि फेडरल रजिष्टरमा प्रकाशित गर्नुपर्ने तथा कमेन्ट अवधि समेत दिनुपर्ने भएतापनि ट्रम्प प्रशसनले पासपोर्ट अनिवार्य गर्ने नियम ल्याउँदा यो प्रकृया अपनाएको थिए । त्यसैले अदालतले यसलाई गैरकानूनी रुपमा ल्याइएको ठहरगरेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया