Nepal Life

माबिलुङ्ग इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन सुरु

NMB Bank
  • BFIS News
  • 2025 Jul 06 11:26
माबिलुङ्ग इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन सुरु
United Ajod

काठमाडौं। माबिलुङ्ग इनर्जी लिमिटेडले आज (असार २२ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सुरु गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले कुल ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ जारी पूँजीको ४८.९९९८ प्रतिशत, अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशनको अनुमति प्राप्त गरेको हो। यस अन्तर्गत कम्पनीले आयोजनाबाट प्रभावित संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का स्थानीय बासिन्दाहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर निष्काशन गर्दैछ।

त्यस्तै, विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत हिस्सा, अर्थात १ लाख ५० हजार ४७१ कित्ता शेयर पनि निष्काशन गरिँदैछ, जसको कुल मूल्य १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबर हुन्छ। इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता शेयरसम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आवेदन दिने अन्तिम मिति छिटोमा साउन ४ गते र ढिलोमा साउन १९ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ४ गतेभित्र आवेदन दिनुपर्नेछ।

कम्पनीलाई इक्रा नेपालले दिएको क्रेडिट रेटिङ "इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस" रहेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। कम्पनीले सञ्चालन गरिरहेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित कुल लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र अझै ३१ वर्ष बाँकी छ, र साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष तथा छुट दिइएको मूल्यमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको उल्लेख गरिएको छ।

शेयर निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाहरूले ग्लोबल आइएमई बैंक चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक खाँदबारी तथा आयोजनाको पावरहाउस रहेको स्थान मादि नगरपालिका वडा नं. ७ बाट आवेदन दिन सक्नेछन्। दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क लाग्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया