Nepal Life

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 11:04
दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं, असार २३।  दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन हो। कम्पनीले असार ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो। कुल जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँमध्ये ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति प्राप्त भएकोमा त्यसअनुसार विभाजन गरिएको छ।

स्थानीय बासिन्दाका लागि १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५ सय कित्ता सेयर छुट्याइएको छ। यी सेयरहरू गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका तथा बडीगाड गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, विदेशमा कार्यरत नेपालीका लागि कुल सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता सेयर निष्काशन गरिएको छ। साथै कम्पनीले आफ्ना कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर सुरक्षित राखेको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओको क्रेडिट रेटिङ्ग इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले प्रदान गरेको हो, जसअनुसार कम्पनीलाई 'आईआरएन BB–' को इस्यूअर रेटिङ दिइएको छ। यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत् आयोजना २ अर्ब ३८ करोड रुपैयाँको लागतमा निर्माण हुँदैछ। परियोजनाको प्रति मेगावाट लागत २५ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको विद्युत उत्पादन अनुमति अवधि अझै २८ वर्ष बाँकी छ।

साधारण लगानी फिर्ता हुने अवधि ९.८३ वर्ष रहेको छ भने डिस्काउन्टमा फिर्ता हुने अवधि १७.९० वर्ष अनुमान गरिएको छ।

यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामको शुल्क २ रुपैयाँ तोकिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखामार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया