Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा आजदेखि लिलामी बोलपत्र पेश गर्न सकिने

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 11:20
सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा आजदेखि लिलामी बोलपत्र पेश गर्न सकिने
United Ajod

काठमाडौं, असार २३।  सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (SNLI) ले लिलामीमार्फत बिक्री गर्न लागेका अवितरित हकप्रद शेयरहरूका लागि आज (असार २३ गते) देखि बोलपत्र पेश गर्न सकिने भएको छ।

Shikhar
Nepal Life
NIMB

लगानीकर्ताहरूले आगामी असार ३० गतेसम्म बोलपत्र बुझाउन सक्नेछन्।

इन्स्योरेन्सले संस्थापक समूहतर्फ लकइनमा रहेका ८० हजार २२२ कित्ता, सर्वसाधारण समूहतर्फ लकइनमा रहेका ४ हजार ४९ कित्ता र लकइनमा नरहेका १ लाख ४० हजार ४५७ कित्ता गरी कुल २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको हो।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा माथिको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १,००० कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। सोभन्दा बढी संख्याको आवेदन दिन १० को अंकले भाग जाने संख्या हुनुपर्नेछ। आवश्यक परेमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त शेयर बिक्री प्रक्रियाको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ। बोलपत्र फारम प्राप्त गर्न तथा बुझाउन लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयसँगै सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक (काठमाडौँ), विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया