Nepal Life

अवियन लघुवित्तको प्रवर्द्धक तथा कर्मचारीका शेयरको लक–इन अवधि साउन २९ गते सकिने

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 13:21
अवियन लघुवित्तको प्रवर्द्धक तथा कर्मचारीका शेयरको लक–इन अवधि साउन २९ गते सकिने
United Ajod

काठमाडौं, असार २३।  अवियन लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले आफ्ना प्रवर्द्धक तथा कर्मचारीले राखेका शेयरको लक–इन अवधि २०८२ साल साउन २९ गते सकिने जानकारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल धितोपत्र बोर्ड (सेबोन) को पछिल्लो निर्देशनअनुसार कम्पनीले उक्त शेयरहरूको लक–इन अवधि समाप्त हुने औपचारिक सूचना प्रकाशित गरेको हो।

अवियन लघुवित्तको कुल २५ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन्। जसमध्ये १५ लाख २५ हजार कित्ता शेयर प्रवर्द्धकहरूले र १२ हजार ५ सय कित्ता शेयर कर्मचारीहरूले धारण गरेका थिए। यी सबै शेयरहरू आईपीओ बाँडफाँट भएको मितिदेखि दुई वर्षसम्मको लक–इन अवधिमा रहेका थिए।

कम्पनीको जारी पुँजी २५ करोड रुपैयाँ रहेको छ।

कम्पनीले प्रकाशित सूचना अनुसार, सञ्चालक समिति र उच्च व्यवस्थापन तहका कर्मचारीहरूद्वारा धारणा गरिएका शेयरहरू लक–इन अवधि समाप्त भए पनि तत्काल कारोबार योग्य नहुने व्यवस्था कायम रहनेछ।

अवियन लघुवित्तको शेयर पछिल्लो कारोबार मूल्य नेप्सेमा १,०४४.३५ रुपैयाँमा बन्द भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया