Nepal Life

गर्जाङ उपत्यका हाइड्रोपावरको आईपीओ व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 13:31
गर्जाङ उपत्यका हाइड्रोपावरको आईपीओ व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गर्ने
United Ajod

काठमाडौं, असार २३।   गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया अघि बढाउने भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनी र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशनसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार मुक्तिनाथ क्यापिटल कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा रहनेछ।

सम्झौतापत्रमा गर्जाङ उपत्यका हाइड्रोपावरका अध्यक्ष अरुणकुमार श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

गर्जाङ उपत्यका हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरमा १० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ। यसमार्फत कम्पनीले १० करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ, जुन कम्पनीको ५० करोड रुपैयाँको जारी पूँजीको २० प्रतिशत हो। आईपीओ निष्काशन प्रक्रिया नियामक निकायको स्वीकृति पश्चात अघि बढाइनेछ।

गर्जाङ उपत्यका हाइड्रोपावर सुरुवातमा निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भएको भए पनि पछिपछि सार्वजनिक लिमिटेडमा रुपान्तरण भएको हो। कम्पनीले रामेछाप जिल्लामा अवस्थित २.८३ मेगावाट क्षमताको रन-अफ-दि-रिभर प्रकारको चाके खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ, जुन हाल व्यवसायिक उत्पादनमा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया