Nepal Life

सिप्ला सेक्युरिटिज तीन कार्यदिनका लागि नेप्सेबाट निलम्बन

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 13:37
सिप्ला सेक्युरिटिज तीन कार्यदिनका लागि नेप्सेबाट निलम्बन
United Ajod

काठमाडौं, असार २३।   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज प्रा.लि.लाई तीन कार्यदिनका लागि धितोपत्र कारोबार गर्न नपाउने गरी निलम्बन गरेको छ। यो निलम्बन आज (असार २३) बाट लागू भएको हो।

Shikhar
Nepal Life
NIMB

सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सिफारिसमा उक्त निर्णय गरिएको नेप्सेले जनाएको छ। सीडीएससीले असार १९ गते पठाएको पत्रमा सिप्ला सेक्युरिटिजले निर्धारित समयसीमाभित्र क्लियरिङ तथा सेटलमेन्टको दायित्व पूरा नगरेको उल्लेख गरिएको छ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७५ को नियम २२ को उपनियम १ बमोजिम सिप्ला सेक्युरिटिजलाई असार २३ गतेदेखि तीन कार्यदिनसम्म कारोबार निषेध गर्ने निर्णय गरेको हो।

निलम्बन अवधिभर सिप्ला सेक्युरिटिजले कुनै पनि कारोबार गतिविधि गर्न नपाउने नेप्सेले स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया