Nepal Life

देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 13:42
देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
United Ajod

काठमाडौं।  चिकित्सकीय अभ्याससम्बन्धी उपभोक्ता अदालतको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक संघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आज (सोमबार) आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।

 

Shikhar
Nepal Life
NIMB

नेपालकै पुरानो वीर अस्पतालमा अहिले ‘फलोअप’ सेवाका बिरामीबाहेक अन्यले सेवा पाउन सकेका छैनन्। अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार संघको आह्वानमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो। उनले भने, “सङ्घको निर्देशनअनुसार हामीले आज नियमित सेवा बन्द गरेका छौँ। आकस्मिक सेवा भने सुचारु छ। छिट्टै समाधानको बाटो खुल्ने आशा लिएका छौँ।”

नेपाल चिकित्सक संघले असार १७ गतेदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो। उक्त विरोधका क्रममा संघले आजदेखि आकस्मिकबाहेकका सेवा स्थगन गर्ने निर्णय लिएको हो।

उपभोक्ता अदालतले पछिल्लो समय ग्रान्डी अस्पताल तथा केही चिकित्सकमाथि बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै रु ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो। सो निर्णयविरुद्ध नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाउँदै उक्त कदमलाई चिकित्सकहरूमाथिको अन्यायपूर्ण व्यवहारको संज्ञा दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया