Nepal Life

सागर डिष्टिलरीद्वारा सामान तथा सेवा खरिदका लागि आशय पत्र प्रकाशित

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 14:03
सागर डिष्टिलरीद्वारा सामान तथा सेवा खरिदका लागि आशय पत्र प्रकाशित
United Ajod

काठमाडौं, असार २४।  सागर डिष्टिलरी लिमिटेडले विभिन्न सामान तथा सेवा खरिदका लागि आशय पत्र (Expression of Interest – EOI) सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आवश्यक सेवा र सामग्री आपूर्ति गर्न इच्छुक तथा योग्य आपूर्तिकर्ताहरूलाई आवेदन दिन आह्वान गरेको हो। इच्छुक आपूर्तिकर्ताहरूले निम्न कागजातसहित आवेदन पेश गर्नुपर्नेछ:

  • कम्पनीको प्रोफाइल

  • व्यवस्थापकको परिचयपत्र

  • प्यान वा भ्याट प्रमाणपत्रको नोटराइज्ड प्रति

  • कम्पनी रजिष्ट्रेशन प्रमाणपत्रको प्रमाणित प्रति

  • पछिल्लो समयसम्मको कर चुक्ता प्रमाणपत्र

सागर डिष्टिलरीले छनौट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित योग्य आपूर्तिकर्ताहरूलाई सहभागी हुन आग्रह गरेको छ। आवेदन दिने म्याद तथा प्रक्रिया सम्बन्धी थप विवरण भने कम्पनीले औपचारिक सूचना मार्फत सार्वजनिक गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया