Nepal Life

रेटकटिङ र सुशासनको उल्लङ्घनमाथि कडाइ गर्ने प्राधिकरणका अध्यक्ष ओझाको चेतावनी

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 17:32
रेटकटिङ र सुशासनको उल्लङ्घनमाथि कडाइ गर्ने प्राधिकरणका अध्यक्ष ओझाको चेतावनी
United Ajod

काठमाडौ, २०८२ असार २२। नेपाल बीमा प्राधिकरणले कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालय प्रमुखहरूसँग आज विराटनगरमा विशेष छलफल तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।

Shikhar
Nepal Life
NIMB

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा व्यवसायलाई दिगो र विश्वासिलो बनाउने दिशामा इमान्दारिताका साथ क्रियाशील हुन बीमकहरूलाई निर्देशन दिएका छन्।

अध्यक्ष ओझाले बीमा पेशाका राम्रा तथा चुनौतीपूर्ण पक्षहरू पहिचान गरी, सकारात्मक पक्षहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने कुरामा जोड दिए। उनले बीमा ऐन, नियमावली तथा निर्देशिकाअनुसार मात्र व्यवसाय गर्न, जोखिमको सही मूल्याङ्कन गर्न र बजारमा नकारात्मक प्रभाव पर्नेगरी कार्य नगर्न आग्रह गरे। यसका साथै, नियमको उल्लङ्घन भएमा आवश्यक कारबाही गरिने स्पष्ट पारे।

"बीमा व्यवसायको महत्त्व हामी आफैंले बढाउनु पर्दछ," अध्यक्ष ओझाले भने, "बीमालेख तयार गर्दा स्पष्ट र यथार्थ जानकारी दिइयो भने दाबी भुक्तानी प्रक्रियामा समस्या उत्पन्न हुँदैन।" उनले इमान्दारिता र कर्मचारीको क्षमता अभिवृद्धिलाई समग्र बीमा प्रणालीको मजबुतीका लागि आवश्यक तत्वका रूपमा उल्लेख गरे।

नेपाल बीमा प्राधिकरणका निर्देशक  निर्मल अधिकारीज्यूले बीमा कम्पनीहरूले सुशासनको पालना नगरी मनोमानी ढंगले बीमा दर घटाउने (रेट कटिङ) कार्य गरेमा कारबाहीको भागिदार हुनुपर्ने चेतावनी दिए। उनले कम्पनीहरूले आत्मानुशासनमा रही कार्य गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा सहभागी विभिन्न बीमक प्रतिनिधिहरूले प्रादेशिक कार्यालयहरूलाई आवश्यक अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्रदेशमा सङ्कलन भएको बीमा प्रिमियमको केही हिस्सा सोही प्रदेशमा नै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत खर्च गर्नुपर्ने, कर्मचारी तालिमको व्यवस्था गर्नुपर्ने, शाखा स्थापना गर्दा मापदण्ड पालना गरिनुपर्ने तथा विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा बीमा विषय समावेश गर्ने पहल गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले स्वागत मन्तव्य राखेका थिए भने भने कोशी प्रदेश कार्यालयका प्रमुख  विनोद पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा कोशी प्रदेशभित्रका बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालय प्रमुखहरू, इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका पदाधिकारीहरू तथा बीमा मध्यस्थकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया