Nepal Life

हिम स्टार उर्जा कम्पनीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, कति कित्ताका लागि दिने आवेदन

NMB Bank
  • BFIS News
  • 2025 Jul 08 11:49
हिम स्टार उर्जा कम्पनीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, कति कित्ताका लागि दिने आवेदन
United Ajod

काठमाडौं, असार २४ – हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज (असार २४ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ।

अब कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता शेयर छुट्याएर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरेको हो। 77397.5

कम्पनीको शेयर ७७ हजार ३९७ जनाले पाउने छन्। उनिहरु मध्ये भाग्यमानी ५ जनाले थप एक एक कित्ता पाउने भएकाले यसका लागि अधिकतम २० कित्तासम्म आवेदन दिनु पर्ने देखिन्छ। पहिलो कुरा आइपिओमा १८/२० लाखको आवेदन पर्दै आएको हुँदा यसमा अधिकाम्सको हात खालि हुने निश्चित छ। जसले हात पार्ने छन्न उनिहरु मध्ये ५ जना भाग्यमानीद्ये थप एक एक कित्ता पाउने भएकाले उक्त थप एक कित्ताका लागि पनि २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।  

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा असार २७ गते समाप्त हुनेछ भने आवेदन नपरेमा ढिलोमा साउन ६ गते सम्म खुला रहनेछ।

आईपीओ निष्काशनका लागि इक्रा नेपालले हिम स्टारलाई "ICRA NP Issuer Rating \[ICRANP-IR] BB-" रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीद्वारा सञ्चालित ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माणको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २४ करोड ७७ लाख रुपैयाँ रहेको उक्त आयोजना अझै २७.७ वर्षको विद्युत अनुमतिपत्र अवधि बाँकी रहेको छ। उक्त आयोजना बाट लगानी फिर्ताको अवधि ७.१४ वर्ष र छुट मूल्यको आधारमा फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ।

यस आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया