Nepal Life

प्रभु इन्सुरेन्सको साउन २३ गते एजीएम, १८ प्रतिशत बोनसपछि ४७ प्रतिशत हकप्रद प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Jul 09 11:22
प्रभु इन्सुरेन्सको साउन २३ गते एजीएम, १८ प्रतिशत बोनसपछि ४७ प्रतिशत हकप्रद प्रस्ताव
United Ajod

काठमाडौं । प्रभु इन्सुरेन्स लिमिटेडले आगामी साउन २३ गते वार्षिक साधारण सभा (एजीएम) गर्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले उक्त सभामा १८ प्रतिशत बोनस सेयर वितरण गर्ने र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने जनाएको छ।

यसै सभामा कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछ। यसअघि कम्पनीले ५०.१५ प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना सार्वजनिक गरेको थियो। तर, बोनस सेयरका कारण चुक्ता पुँजी बढ्ने भएकाले हकप्रद अनुपात परिमार्जन गर्दै ४७ प्रतिशतमा झारिएको कम्पनीले जानकारी दिएको छ।

साधारण सभा प्रभु इन्सुरेन्स लिमिटेडको प्रधान कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा सहभागिता र लाभांश प्राप्तिका लागि कम्पनीले साउन २ गते बुक क्लोज गर्ने जनाएको छ। यसअन्तर्गत, साउन १ गतेसम्म नेप्सेमा नाम भएका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया