Nepal Life

सेयर धितो कर्जाको सीमा २५ करोड पुर्याइयो, संस्थागत लगानीकर्ता तर्फको सिमा भने हट्यो

NMB Bank
  • BFIS News
  • 2025 Jul 11 13:03
सेयर धितो कर्जाको सीमा २५ करोड पुर्याइयो, संस्थागत लगानीकर्ता तर्फको सिमा भने हट्यो
United Ajod

काठमाडौं : मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा हटाउन लगानीकर्ताले दबाब दिँदै आए पनि नेपाल राष्ट्र बैंकले भने २५ करोड रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरेको छ। यसअघि १५ करोडको सीमा रहेकोमा नयाँ व्यवस्थाले १० करोड रुपैयाँ थपेको हो। 

Shikhar
Nepal Life
NIMB

यसअनुसार अब सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक व्यक्तिले अधिकतम २५ करोड रुपैयाँसम्म पाउने भएका छन्। यससँगै, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ रहेकोमा यस वर्षको मौद्रिक नीतिमा भने केहि पनि खुलाइएको छैन। यसले गर्दा संस्थागत लगानीकर्ताको हकमा सम्भवता सिमा हटेको छ। 

राष्ट्र बैंकले शुक्रवार जारी गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा सेयर धितो कर्जा सीमा बढाएको हो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया