Nepal Life

सेयर बजार मैत्री मौद्रिक नीति: सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलको प्रतिक्रिया

NMB Bank
  • BFIS News
  • 2025 Jul 11 20:28
सेयर बजार मैत्री मौद्रिक नीति: सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलको प्रतिक्रिया
United Ajod

काठमाडौं, २७ असार— नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले पूँजी बजारप्रति सकारात्मक संकेत दिएको भन्दै सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले स्वागतयोग्य कदम भएको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

कार्यवाहक अध्यक्ष फुल्लेलले मौद्रिक नीति सेयर बजारप्रति नरम र मैत्रीपूर्ण देखिएको बताए। उनका अनुसार, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा ल्याइँदा बजारमा तरलता वृद्धि हुने र यसले बैंक तथा वित्तीय संस्थाहरूलाई सस्तो ब्याजमा कर्जा प्रवाह गर्न मद्दत गर्नेछ। "यसले लगानीकर्ताले कम ब्याजमा कर्जा लिएर सेयर खरिद गर्न सक्ने सम्भावना बढाउँछ," फुल्लेलले भने।

फुल्लेलका अनुसार, स्थायी तरलता दर र निक्षेप संकलन दरमा गरिएको कटौतीले पनि बजारमा कुल तरलता थप सहज बनाउनेछ। उनले शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्‍याइएको व्यवस्था उल्लेख गर्दै भने, "यसले ठूला र संस्थागत लगानीकर्तालाई थप कर्जा लिएर बजारमा सक्रिय हुन सहज बनाउनेछ," ।

त्यस्तै, पहिलोपटक घर किन्नेलाई ३ करोड रुपैयाँसम्म कर्जा दिने र घर मूल्याङ्कनको ८० प्रतिशतसम्म ऋण दिने प्रावधानले सम्पूर्ण वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। यसले अप्रत्यक्ष रूपमा शेयर बजारलाई पनि सहयोग गर्ने उनले बताए।

विदेश यात्रा गर्न लैजान पाउने डलर सीमा $2,500 बाट $3,000 पुर्‍याइएको, ३ करोडसम्म प्रवाह भएको कर्जामा अधिकतम ब्याजदर २ प्रतिशत निर्धारण गरिएको तथा यस्तो सस्तो कर्जाले स्टार्टअप, युवा उद्यमी र साना व्यवसायहरूलाई लाभ पुर्‍याउने प्रावधानले आर्थिक क्रियाशीलतालाई टेवा दिने फुल्लेलको भनाइ छ।

"नव नियुक्त गभर्नरको नेतृत्वमा मौद्रिक नीतिले सेयर बजारप्रति नरम नीति लिएको स्पष्ट संकेत दिएको छ," फुल्लेलले भने, "नियमन लचिलो बनाउने, राष्ट्र बैंकले आवश्यकता अनुसार ऋणपत्र जारी गर्ने तथा परियोजना कर्जालाई स्वनियमनमा लैजाने प्रस्तावले लगानीकर्ताको मनोबल बढाउनेछ।"

उनले भने, "चालु मौद्रिक नीतिले तरलता वृद्धि, सस्तो कर्जा र शेयर कर्जा सीमा वृद्धिजस्ता प्रावधानमार्फत पूँजी बजारमा लगानीको वातावरण सिर्जना गरेको छ। लगानीकर्ताको मनोविज्ञान बलियो बनाउँदै, यस नीतिले दीर्घकालीन स्थायित्व र बजारको वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।"

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया