Nepal Life

बुङ्गल हाइड्रोको प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन शुरु

NMB Bank
  • BFIS News
  • 2025 Jul 13 11:21
बुङ्गल हाइड्रोको प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन शुरु
United Ajod

असार २९, काठमाडौं – बुङ्गल हाइड्रो लिमिटेडले आज (असार २९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ (साधारण सेयर) निष्काशन गर्न थालेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले कुल जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशनको अनुमति प्राप्त गरेको छ। त्यसअनुसार कम्पनीले आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता सेयर जारी गर्दैछ, जसको कुल मूल्य ८ करोड ३० लाख रुपैयाँ बराबर हुन्छ।

यीमध्ये ६५ प्रतिशत सेयर अति प्रभावित क्षेत्र – सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १०) का बासिन्दाहरूका लागि छुट्याइएको छ। बाँकी ३५ प्रतिशत सेयर सामान्य प्रभावित क्षेत्र अन्तर्गत बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाहरूका लागि छुट्याइएको छ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सर्वसाधारणको भागबाट छुट्याइएको १० प्रतिशत, अर्थात २ लाख ७ हजार ५०० कित्ता सेयर पनि निष्काशन गरिएको छ। यसको कुल मूल्य २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ।

कम्पनीको आईपीओ निष्काशनको लागि केयर रेटिङ नेपालले "CARE-NP B" इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

बुङ्गल हाइड्रो लिमिटेडले निर्माण गरेको १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको यस आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अझै २६ वर्ष १० महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र छुटमा फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (केदारस्यू–१), कृषि विकास बैंक (बुङ्गल नगरपालिका), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका) तथा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।

विदेशमा कार्यरत नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया