Nepal Life

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर साउन १५ गतेदेखि बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2025 Jul 13 11:34
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर साउन १५ गतेदेखि बिक्री खुला
United Ajod

काठमाडौं, असार २९- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यसअनुसार, कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १४ हजार १०० कित्ता शेयर निष्काशन गर्नेछ, जसको कुल रकम २४ करोड १४ लाख १० हजार रुपैयाँ हुनेछ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरेको थियो। त्यसैले असार ५ गतेसम्म जो जो नेप्सेमा कारोबार भइ कायम शेयरधनी थिए, उनीहरूले सो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिने अन्तिम म्याद भदौ ४ गतेसम्म रहनेछ।

कम्पनीको हकप्रद निष्काशनमा केयर रेटिङ्ग नेपालले ‘CARE-NP B (Is)’ अर्थात CARE एपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

जोशी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक, कम्पनीको कार्यालय, तथा लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय र ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि यो पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

हकप्रदबाट संकलन भएको रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्न र संस्थापक विरेन्द्र बहादुर न्यौपानेबाट लिएको सापटी तिर्न प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया