Nepal Life

स्वस्तिक लघुवित्तको आइपीओमा २७.५५ गुणा बढी आवेदन, ३९ हजार बढी आवेदकको सहभागिता

NMB Bank
  • BFIS News
  • 2025 Jul 13 11:40
स्वस्तिक लघुवित्तको आइपीओमा २७.५५ गुणा बढी आवेदन, ३९ हजार बढी आवेदकको सहभागिता
United Ajod

काठमाडौं, असार २९।  स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि खुलेको प्राथमिक सेयर (आइपीओ) मा २७.५५ गुणा बढी आवेदन परेको छ।

Shikhar
Nepal Life
NIMB

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) का अनुसार आइतबार बिहान १०ः६ बजेसम्म ३९ हजार ५७७ जनाले कुल ६ लाख ३६ हजार ५६० कित्ताका लागि आवेदन दिएका छन्। यसले कुल ६ करोड ३६ लाख ५६ हजार रुपैयाँ बराबरको माग दर्शाउँछ।

कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २३ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो। यो संख्याले स्वस्तिकलाई धितोपत्र बोर्डले स्वीकृत गरेको कुल २ लाख ३१ हजार कित्ता आइपीओको १० प्रतिशत प्रतिनिधित्व गर्छ।

त्यस्तै, उक्त आइपीओमा ०.५० प्रतिशत अर्थात् १,१५५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ११,५५० कित्ता सेयर म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ। बाँकी रहेको १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत गर्न सकिने व्यवस्था गरिएको छ।

यस आइपीओको लागि इक्रा नेपालले स्वस्तिक लघुवित्तलाई ‘इक्राएनपी इस्युयर रेटिङ बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया