Nepal Life

विकास हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी २ लाख ९४ हजार २७६ जनाले पाए १० कित्ता शेयर

NMB Bank
  • BFIS News
  • 2025 Jul 13 12:09
विकास हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी २ लाख ९४ हजार २७६ जनाले पाए १० कित्ता शेयर
United Ajod

असार २९, आइतबार, काठमाडौं — विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ (प्राथमिक सेयर) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार बिहान सार्वजनिक रुपमा बाँडफाँट गरिएको हो। गोलाप्रथाबाट २ लाख ९४ हजार २६७ जनाले आइपिओ प्राप्त गरेका छन्। नतिजाको लागि यहाँ क्लिक गर्नुहोस्।

Shikhar
Nepal Life
NIMB

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा कुल २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको २९ लाख ४२ हजार ७६० कित्ता साधारण शेयर गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

उक्त आईपीओमा कुल २१ लाख ५० हजार ६७२ जनाले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २० लाख ५६ हजार २०७ जनाको आवेदन स्वीकार गरिँदा ९४ हजार ४४६ जनाको आवेदन रद्द गरिएको छ। मागभन्दा बढी आवेदन परेपछि शेयर गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो। आइपिओ परे नपरेको जानकारी मेरो शेयरको अनलाइन एप्लिकेसनबाट प्राप्त गर्न सकिनेछ। नतिजाको लागि यहाँ क्लिक गर्नुहोस्।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई क्रमशः ९ लाख ९ हजार १०१ र ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर वितरण गरिसकेको थियो।

त्यस्तै, कम्पनीले कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर छुट्याएको थियो। बाँकी २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

विकास हाइड्रोपावरले निर्माण गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना (४.५५ मेगावाट क्षमता) हाल सञ्चालनमा आइसकेको छ। आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार ४३५ रुपैयाँ रहेको जानकारी दिइएको छ।

कम्पनीका अनुसार आयोजना सञ्चालनका लागि विद्युत उत्पादन अनुमतिपत्र अझै ३० वर्ष ९ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ७ वर्ष ३ महिना तथा छुटसहितको लगानी फिर्ता अवधि १० वर्ष ९ महिना रहेको पनि कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया