Nepal Life

यि हुन् आज शेयर बजारमा सर्वाधिक धेरै बढेका १० कम्पनी, एनआइसी एशियामा सर्किट लाग्यो

NMB Bank
  • BFIS News
  • 2025 Jul 13 15:50
यि हुन् आज शेयर बजारमा सर्वाधिक धेरै बढेका १० कम्पनी, एनआइसी एशियामा सर्किट लाग्यो
United Ajod

काठमाडौं, असार २९ गते। आजको शेयर बजारमा अधिकांश कम्पनीहरुको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेप्से सूचक समेत हरियो रहेकै दिन बैंक तथा लघुवित्त समूहका केही कम्पनीहरुले उच्च प्रतिफल दिँदै शीर्ष लाभ कमाउने सूचीमा स्थान बनाएका छन्।

 

Shikhar
Nepal Life
NIMB

सबैभन्दा धेरै प्रतिशत लाभ कमाउने सूचीको एनआइसी एशिया बैंक रहेको छ भने दोस्रो धेरै सुधार हुने कम्पनीमा खानीखोला हाइड्रोपावर कम्पनी रहेको छ। दुवै कम्पनीको शेयर मूल्य आज ९.९९ प्रतिशतले वृद्धि भएको हो। एनआइसी एशियाको शेयर मूल्य रु ३६.८१ ले बढेर रु ४०५.४ मा पुगेको छ भने खानीखोलाको शेयर मूल्य रु २६.४४ ले बढेर रु २९१ मा बन्द भएको छ।

तेस्रो स्थानमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.६१ प्रतिशतले बढेर रु १,४८०.६२ मा पुगेको छ। त्यस्तै, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य रु ११६.०८ ले वृद्धि भई रु १,७०७.१९ मा कायम रहेको छ।

समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य रु १४४.८३ ले अर्थात ६.५ प्रतिशतले फाइदा दिएको छ। त्यसपछि मानुसी लघुवित्त वित्तीय संस्थाले ६.४६ प्रतिशत, स्वरोजगार लघुवित्तले ६.२९ प्रतिशत, नेशनल लघुवित्तले ६.०७ प्रतिशत तथा महिला लघुवित्तले ५.९२ प्रतिशतले शेयर मूल्य बढाएका छन्।

दशौ नम्बरमा रहेको नेपाल बैंक लिमिटेड पनि रु १५.३९ अर्थात् ५.६९ प्रतिशतको वृद्धिसहित रु २८६.०१ मा बन्द भयो। आजको बजार समग्रमा सकारात्मक रहँदा यी कम्पनीहरुले लगानीकर्तालाई उल्लेखनीय प्रतिफल दिएका छन्। विश्लेषकहरूका अनुसार, बजारमा तरलता अभिवृद्धि, मौद्रिक नीतिप्रतिको आशा र लगानीकर्ताको विश्वास पुनः स्थापनाले बजारमा यस्ता उत्साहजनक गतिविधि देखिएको हो।

मौद्रिक नीति सार्वजनिक पछि लगानीकर्ता थप संयमित देखिएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले धेरै व्यवस्थालाई खुला गरिदिएको छ। यसले गर्दा बजारमा केहि उत्साह देखिए पनि तत्काल प्रतिफल पाउनका लागि भने लगानीकर्ताले अझै केहि समय कुर्नु पर्ने निश्चित छ। यद्यपी शेयर बजारले जहिले पनि भविष्यलाई हेरेर अगाडी बढिरहेको हुन्छ। 

आइतबार कारोबार खुला भएको केहि समयमै ह्वात्तै बढे पनि बजार संयमित बन्न पुग्यो। कारोबार खुलेको २ मिनेटमा २७९७ अंकसम्म पुगेको शेयर बजार अन्तिम समयमा ३१.०८ अंकले बढेर २७६२.८८ अंकमा रोकिएको छ। आज सबैभन्दा धेरै सुधार बाणिज्य बैंकको सूचकमा ३.३७ प्रतिशत र माइक्रोफाइनान्सको सूचक ३.५० प्रतिशतले बृद्धि भएको छ। 

कारोबार रकम भने ११ अर्ब ४१ करोड रुपैयाँको भएको छ। कारोबार रकममा विगतका दिनमा भन्दा केहि बढोत्तरी भए पनि बजारमा नयाँ र ठुला लगानीकर्ताको कारोबार भने देखिएन। ठुला लगानीकर्ताले बाणिज्य बैंकको मूल्य सुधार पछि मात्रै कारोबार गर्न खोजेको देखिन्छ। विगतका समयमा सुधार भएका जलविद्युत, होटल लगायतका क्षेत्रमा भने गिरावट आएको छ। यसले पनि के पुष्ठी गर्छ भने हिजोका दिनमा सुधार भएका पोर्टफेलियोमा नाफा बुक गरेर लगानीकर्ता लघुवित्त र बाणिज्य बैंकमा फर्किएका छन्। 

अवको केहि समय बैंक वित्तीय संस्थाले नै बजारको लिड गर्ने देखिएको छ। यसका लागि लगानीकर्ताले कत्तीको होल्ड गरेर बस्न सक्छन् भन्ने कुरामा भर पर्छ। यदि होल्ड गर्ने शाहक राखेनन् भने बजारले सुधारको लयलाई पक्रिने भन्दा पनि २५ सयदेखि २७ सयकै विचमा घुमेर बस्ने निश्चित छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया