Nepal Life

नबिल बैंकले साउन ६ गतेदेखि '७ प्रतिशत नबिल डिबेन्चर २०८९' ऋणपत्र निष्काशन गर्दै

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 11:19
नबिल बैंकले साउन ६ गतेदेखि '७ प्रतिशत नबिल डिबेन्चर २०८९' ऋणपत्र निष्काशन गर्दै
United Ajod

काठमाडौं, असार ३० गते। नेपालका प्रमुख वाणिज्य बैंकमध्ये एक, नबिल बैंक लिमिटेडले आगामी साउन ६ गतेदेखि आफ्नो नयाँ ऋणपत्र '७ प्रतिशत नबिल डिबेन्चर २०८९' को निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

 

Shikhar
Nepal Life
NIMB

बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो। तीमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता ऋणपत्र (१ अर्ब ८० करोड रुपैयाँ बराबर) निजी तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्र (१ अर्ब २० करोड रुपैयाँ बराबर) भने सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।

सर्वसाधारणका लागि खुला गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको छ। लगानीकर्ताले कम्तीमा २५ कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रको छिटोमा निष्काशन बन्द मिति साउन ९ गते रहेको छ भने ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशन तथा बिक्रीको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड ले गर्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू मार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

नबिल बैंकलाई इक्रा नेपालले दिएको इक्राएनपी इस्यूअर रेटिङ ‘ए’ ले बैंकको वित्तीय दायित्व समयमै पुरा गर्ने क्षमतामा पर्याप्त सुरक्षाको संकेत गर्दछ। ऋणपत्रमा आर्जन हुने ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी भुक्तानी गरिने जानकारी बैंकले दिएको छ।

यस ऋणपत्रमार्फत बैंकले दीर्घकालीन पूँजी संरचना बलियो बनाउने, लगानीकर्तालाई सुनिश्चित ब्याजसहितको सुरक्षित विकल्प दिने तथा देशको पूँजी बजारमा स्थायीत्व प्रदान गर्ने उद्देश्य राखेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया