Nepal Life

बन्दीपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने, तनहुँका जनतालाई ५ लाख ६६ हजार कित्ता

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 11:34
बन्दीपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने, तनहुँका जनतालाई ५ लाख ६६ हजार कित्ता
United Ajod

काठमाडौँ, असार ३० गते। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी आईपीओ ल्याउन लागेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ जारी पूँजीको २०.७०६७ प्रतिशत, अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको छ। यसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गर्न लागिएको हो।

शेयरका लागि आवेदन दिने स्थानीय बासिन्दामा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ समावेश छन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि कुल सार्वजनिक निष्काशनमा छुट्याइएको १० प्रतिशत अनुसार ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको ५ लाख २९ हजार ४०० कित्ता शेयर निष्काशन गर्न लागिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। आयोजनास्थल आसपासका बासिन्दाका लागि शेयर निष्काशन छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि भने साउन ९ गतेदेखि साउन २० गतेसम्म आवेदन दिने समय तोकिएको छ।

कम्पनीले गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ नेपालले कम्पनीलाई "CARE-NP BB (Is)" प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

बन्दीपुर केवलकारको कुल आयोजना लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। लगानी फिर्ता हुने अवधि औसतमा ८.२२ वर्ष र छुटमा १.०५ वर्ष हुने कम्पनीको अनुमान छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ। स्थानीय बासिन्दाले कम्पनीको तल्लो स्टेशन (बन्दीपुर गाउँपालिका वडा नं. ४), आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नं. १ र पालुङ्टार नगरपालिका वडा नं. ७ का कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। दरखास्त फारमका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सि-आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया