Nepal Life

नेपाल एसबिआई बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन आजदेखि खुला

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 11:52
नेपाल एसबिआई बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन आजदेखि खुला
United Ajod

काठमाडौं, असार ३० गते। नेपाल एसबिआई बैंक लिमिटेडले आज (असार ३० गते) देखि आफ्नो नयाँ ऋणपत्र ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को निष्काशन तथा बिक्री खुला गरेको छ। यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ र यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

Shikhar
Nepal Life
NIMB

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र, प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा निष्काशन गर्न लागेको हो। तीमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको भागमध्ये ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

ऋणपत्रमा लगानी गर्न चाहनेले न्यूनतम २५ कित्ताबाट आवेदन दिनुपर्नेछ भने अधिकतममा उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। सार्वजनिक निष्काशन छिटोमा साउन १ गते र ढिलोमा साउन १२ गते बन्द हुनेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड लाई दिइएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट तथा 'मेरो शेयर' प्रणाली प्रयोग गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल ए (ICRANP-IR AA) प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च सुरक्षा रहेको संकेत गर्दछ।

ब्याज भुक्तानी प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्तिपछि, कर कट्टी गरी गरिनेछ। बैंकको यो ऋणपत्र निष्काशनलाई लगानीकर्ताले स्थिर तथा सुरक्षित लगानीको अवसरको रूपमा लिन सक्ने विश्लेषकहरूको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया