Nepal Life

मौद्रिक नीतिको आडमा १६५ अंकले बढेको बजारले अवरोध विन्दुलाई सकेन तोड्न, हाइड्रोपावरमै फर्किए लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 15:12
मौद्रिक नीतिको आडमा १६५ अंकले बढेको बजारले अवरोध विन्दुलाई सकेन तोड्न, हाइड्रोपावरमै फर्किए लगानीकर्ता
United Ajod

काठमाडौं। मौद्रिक नीतिको आडमा १६५ अंकले बढेको शेयर बजारले २८ सयको अवरोध विन्दुलाई यस पटक पनि तोड्न नसकि फर्किएको छ। मौद्रिक नीति पछि हिजो आइतबार शेयर बजारमा सर्किट लागेर कारोबार नै बन्द हुने अपेक्षा गरेका लगानीकर्ताले आज दोस्रो दिनमै ३५ अंकको गिरावट सहन गर्नु परेको छ।

Shikhar
Nepal Life
NIMB

विगत एक महिनाको अधविमा नेप्से सूचक २५९५ अंकबाट सुधार भएर २७६० अंकसम्म पुग्यो। सोमबार ३२ अंकले घटेर २७२८.८० अंकमा रोकिएको छ। आइतबार ११ अर्ब ४१ करोडको कारोबार भएकोमा ८ अर्ब १७ करोडमा सिमित भएको छ। गभर्नर डा. विश्व पौडेलले शेयर बजारका लागि फेवर हुने गरि सबै नीति लगभग खुला गरिदिएका छन्। यद्यपी बजारले भने आज पनि गति लिन सकेन।

चालु आर्थिक वर्ष अव तीन दिन मात्र बाँकी छ। त्यसमा पनि अव शेयर बिक्री गरेर कसैले पनि व्याज र किस्ता जोहो गर्ने अवस्था कम छ। त्यसमा पनि यसका लागि लगानीकर्ताले गएका दिनमै शेयर बिक्री गरेर पैसा जोहो गरिसकेका थिए। तर अझै पनि केहि ठुला लगानीकर्ताले शेयर बिक्री गरेर पैसा झिक्न खोज्दा आज बजारमा गिरावट आएको विश्लेषकहरु बताउछन्। यसका लागि एक महिना भित्रै १६५ अंकले सुधार हुँदा नाफा बुक गर्ने लगानीकर्ता पनि कम छैनन्। नाफा बुक गरेर बस्नेका कारण पनि आज बजारले गति लिन नसकेको हो।

आज १९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ५० वटाको शेयर मूल्यमा भने सुधार आएको छ। आज जलविद्युत कम्पनीको शेयरमा मात्रै सुधार देखिएको छ भने बाँकी कम्पनीको शेयर मूल्यमा खासै सुधार छैन।

सर्वाधिक धेरै कारोबार हुनेमा केहि जलविद्युत कम्पनी छ भने केहि बैंक वित्तीय संस्था छन्। माइखोला, हिमालयन हाइड्रोपावर जोशी हाइड्रोपावरको शेयर मूल्यमा सुधार आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया